अमेरिकामा पानी जहाज पुलमा ठोक्किँदा पुल भत्कियो, सवारीसाधन पानीमा खसे

केन्द्रभाग मिडिया

बाल्टिमोर ।

अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्।  पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो छ ।

अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन । बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा केही व्यक्तिको ज्यान गएको हुनसक्ने बताएका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी रहेको बताए ।

उनले भने, ‘म स्थिति बारे सचेत छु र दमकल र आपत्कालीन सेवाको सम्पर्कमा छु।’ स्थानीय समय अनुसार राति १ः३० बजे यो घटना भएको हो । यो जहाज ३ सय मिटर लामो थियो र यो श्रीलङ्का जाँदै थियो।

  • १३ चैत्र २०८०, मंगलवार १६:०४ प्रकाशित