प्रयोगशालाको क्षेमता ५ गुणा बढाउँदै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशको सबैभन्दा ठूलो र विशिष्टिकृत अस्पतालको रुपमा आफूलाई अगाडि बढाएकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफूलाई सेवा र प्रविधिमा अब्बल बनाउँदै लगेको छ । हालै आफ्नै जनशक्ति मार्फत मृर्गौला प्रत्यारोपणमा सफल बनेको अस्पतालले अब छिट्टै प्रयोगशाला पनि उत्कृष्ठ बनाउने भएको हो ।

त्यसका लागि काम सुरु भइसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा. भरतबहादुर खत्रीले जानकारी दिए । हालसम्म झण्डै १० करोड लगानी भएको अनुमान गरिएको ल्यावमा थप ३ करोड रुपैयाँ लगानी गरिने उनले बताए । प्रयोगशालामा हाल एकै पटकमा चार सय स्याम्पल प्रयोग गर्ने क्षमता छ । अब यसलाई बिस्तार गरेसंगै एकै पटकमा २ हजार स्याम्पल प्रयोग गर्न सकिनेछ । यसोगर्दा प्रयोगशालामा लाग्ने भिड हट्ने उनले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्यावबाट हुने परीक्षण मध्य एक प्रतिशत मात्र परीक्षण बाहिर गर्नुपर्ने उनले दाबी गरे । टेण्डर प्रक्रिया सकिएको र अब ल्यावको इक्युप्मेन्ट ल्याएर जोड्ने काम जेठसम्ममा सकिने उनले बताए । ‘अहिले ल्यावमा सेवाग्राहीको चाप छ । हामीले यसको क्षमता विकास गर्दैछौं । जेठसम्म हामी जोडिसक्नेछौं’ उनले भने ।

  • १२ चैत्र २०८०, सोमबार १७:५६ प्रकाशित