होली खेल्ने क्रममा आगलागी : १३ जना घाइते

केन्द्रभाग मिडिया

Symbolic picture

उज्जैन ।

भारतको मध्य प्रदेशमा होली खेल्ने क्रममा आगलागी भएको छ । मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको गर्भगृहमा भएको आगलागीमा परी कम्तीमा १३ जना घाइते भएका छन् । बीबीसीका अनुसार होलीको अवसरमा भस्म आरतीका क्रममा अबिर फाल्ने क्रममा आगलागी भएको हो ।

उज्जैनका जिल्ला अधिकारीका अनुसार आगलागीमा परी घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । जिल्ला अधिकारी नीरजकुमार सिंहले भने, ‘भस्म आरतीका क्रममा आगलागी भएको हो । यस घटनामा १३ जना घाइते भएका छन् ।’

घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो । पुजारी अनिश शर्माले भने, ‘महाकाल मन्दिर परिसरमा परम्परागत होली पर्व मनाइँदै थियो । रङको प्रयोगका कारण गर्भगृहमा आगलागी भएको छ । घटनामा मन्दिरका पुजारी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।’

स्थानीय सञ्चारमाध्यमका अनुसार भस्म आरतीका क्रममा अबिर खन्याउँदा यो दुर्घटना भएको हो । दियोबाट उडिरहेको अबिरमा आगो सल्किएको थियो ।

  • १२ चैत्र २०८०, सोमबार १०:२९ प्रकाशित