पर्यटकीय राजधानी पोखरामा होलीमा उत्साहित पर्यटक

केन्द्रभाग मिडिया

पोखरा ।

देशकै पर्यटकीय राजधानी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङहरुको पर्व ‘होली’ मनाएका छन् । पोखराको लेकसाइडमा आपसमा रङ दलेर शुभकामना साटासाट गर्दै पर्यटकहरुले होली मनाएका हुन् ।

कतिपय रेवान पोखराले आयोजना गरेको ‘होली’ महात्सवमा सहभागी भए भने कतिपयले आफ्नै तरिकाले होली मनाए । रेवानको कार्यक्रममा व्यवसायीहरुसँगै मिलेर होली खेल्नेहरुको पनि उल्लेख्य सहभागिता थियो । त्यस्तै, नेपालीहरुको समूहमा मिसिएर तथा पर्यटकहरु आफै पनि आपसमा रङ दलेर होली खेल्नेहरु लेकसाइडमा प्रशस्त भेटिए ।

होलीमा रमाएका युवाहरु र विदेशीहरु अविर लगाइदिँदै ‘हेप्पी होली’ भन्थे । विदेशी पर्यटकले नेपाली र नेपालीले लगाइदिएको अविर विदेशीले सहर्ष स्विकार्दै शुभकामना साटिरहेका देखियो ।

  • ११ चैत्र २०८०, आईतवार १७:३० प्रकाशित