जेठी श्रीमतीले थुनाईन्, निस्केपछि कान्छीले सुपारी दिएर हत्या गराइन्

केन्द्रभाग मिडिया

पोखरा ।

सिन्धुपाल्चोकका कान्छी लामा तामाङले  आफ्ना श्रीमान रामबहादुरको हत्या गर्न सुपारी दिएर प्रेमीलाई पठाएपछि सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेसमा ल्याएर रामबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेसमा ल्याएर रामबहादुर तामाङको हत्या गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । मृतक राम बहादुर तामाङको श्रीमती कान्छी तामाङले आफ्ना प्रेमी सिन्धुपाल्चोककै धनवहादुर लामालाई ९० हजार रुपैया सुपारी दिएर आफ्नो श्रीमानको हत्या गर्न लगाएको आरोपमा हत्या आरोपी धनवहादुर लामा सहित मृतकका श्रीमती च्याङमा लामा तथा पेम्बा भनि चिनिने कान्छी लामा तामाङ सहित अन्य दुई जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले धन बहादुर लामा , कान्छी तामाङ, नबिन तामाङ भन्ने फूर्वा लामा र अजित तामाङ भन्ने छे दोर्जे लामालाई शुक्रबार सार्वजनिक गरेको हो । अपराधमा संलग्न सिन्धुपाल्चोक साँगचोकगढी नगरपालिका १ का ३० वर्षिय धन लामा, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ६ बस्ने नबिन भन्ने फूर्वा लामा र अजित तामाङ भन्ने छे दोर्जे लामालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाण्डौबाट र मृतककी श्रीमती सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बा स्थायी घर भइ हाल सिन्धुपाल्चोक साँगचोकगढी नगरपालिका ५ चौतारा बस्ने कान्छी लामा तामाङ च्याङमा लामा तथा पेम्बा लामा भन्ने कान्छी लामा तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा पक्राउ गरी कास्की ल्याइएको हो ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकका अनुसार सिन्धुपाल्चोकबाट मृतकलाई सिक्लेस हाइड्रोमा काम गर्ने भनी फकाइ ल्याई कास्कीको मादी गाउँपालिका १ तउरेती नजिक सिक्लेस हाइड्रोपावरमा जाने कच्ची सडक खण्डमा गत चैत्रको १ गते हत्या गरेको र ३ गते स्थानियले सव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीका अनुसार मृतक राम बहादुर फागुन महिनामा सिन्धुपाल्चोक स्थित घर गइ बावुआमा संग मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनी निस्किएको र फागुन ३० गते राती काठमाण्डौबाट अन्य साथीहरु संग सिक्लेसमा रहेको हाइड्रोपावरमा काम गर्न भनी गएको आफन्त र घरमा जानकारी दिएका थिए ।

सो पश्चात उनीहरु सिधै पोखरा आइ सिक्लेसमा पुगेको र चैत्र १ गते घटना घटेको प्रहरीले जनाएको छ । मृतक र निजको श्रीमती कान्छी लामा बीच पाँच छ वर्षदेखी मनमुटाव रहेको र छुट्टाछुट्टै बस्ने गरेको मृतक राम बहादुरले दुई वर्ष अगाडी अगाडी अर्को बिहे गरेको थाहा पाइ जेठी श्रीमतीले मृतक माथी बहुविवाह मुद्धा जाहेरी दर्ता गराएको र ७ महिनापछि अदालतको आदेश अनुसार कारगारबाट निस्कीएपछि झन उनीहरुबीच विवाद झगडा र रिसइवी बढेको अनुसन्धानबाट पत्ता लागेको समेत प्रहरीले जनाएको छ ।

मृतकका श्रीमती कान्छी लामाले मृतकबाट अलग भएर बस्नको लागि आफ्नो प्रेमिका समेत रहेका धन लामालाई खर्च जुटाएर मार्ने योजना बनाएको, धन लामालाई पाँच वर्ष अगाडी सिन्धुपाल्चोककै हाइड्रोमा काम गर्ने बेलामा स्काभेटरको सहचालकको रुपमा काम गर्ने क्रममा ढुंगाले टाउकोमा प्रहार गरी चोट पुर्याएको र मृतक संग रिसइबी राखेको र धन लामा संग पहिलेको रिसइबी रहेको र मृतकको श्रीमतीले समेत यसलाई पन्छ्याउनुपर्यो पैसा दिन्छु भन्ने बचन दिएको र धन लामाले योजना अनुसार चैत्र १ गते सिक्लेस स्थित हाइड्रोपावरमा काम गर्न जाने क्रममा बाटोमा मृतक लगायत ४ जनाले रक्सी सेवन गरी हिडिरहेको अवस्थामा मृतकले धन लामालाई आमाचक्करी गाली गरेपछि निजले मार्ने उद्देश्यले पछाडिबाट ढुंगाले टाउकोमा प्रहार गरेको र मृतक घोप्टो परेर ढलेपछि २-४ मुक्का हान्दा चल्ने छटपटयाउने नगरेपछि मरेको एकिन गरी घिसार्दै बाटोभन्दा २५ मिटर तल लगि एकान्त खोल्सामा फालेको ।

मृतकको साथमा रहेको मोवाइलको सिमकार्ड निकाली दाँतले टोकी फालेको, मोवाइलको पार्टपुर्जा निकाली भिरमुनी जंगलतर्फ फालेको र मृतकको साथमा रहेको नगद दुइ हजार रकम लिइ अन्य लत्ता कपडा सहितको झोला समेत झाडीमा लुकाई दिएको प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएको छ ।

घटनाको सम्बन्धमा कान्छी लामालाई फोन गरी जानकारी दिएको र घटनाको बारेमा अन्य दुई जना ब्याक्तिले देखेको र उनीहरुको मुख टाल्नुपर्ने भयो भनी पैसा थप गरी पठाउ भनी इ सेवा आइडी दिइ मृतकको श्रीमतीले ९० हजार रुपैया इ सेवामा जम्मा गरिदिएको र सो रकम काठमाण्डौमा गइ निकाली छे दोर्जे लामा र फुर्वा लामालाई २०-२० हजार रुपैया दिइ आफुले ५० हजार रुपैया राखेको समेत अनुसन्धानमा खुल्न आएको प्रहरी नायव उपरीक्षक श्रवण बिकले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका चार जनालाई कर्तब्य ज्यान सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

  • ९ चैत्र २०८०, शुक्रबार १८:२२ प्रकाशित