कपिलवस्तुबाट पक्राउ परेका महरालाई सीआईबी कार्यालय पुर्‍याइयो

केन्द्रभाग मिडिया

काठमाण्डौ । सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो( सीआईबी) को लाजिम्पाट स्थित कार्यालयमा पुर्‍याइएको छ । महरालाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाण्डौ ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महरासँग यसअघि आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

  • ५ चैत्र २०८०, सोमबार १३:१३ प्रकाशित