लागू औषध मुद्धाका फरार प्रतिवादी छावा पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।  लागु औषध मुद्धाका फरार प्रतिवादी रोशन अधिकारी छावालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अधिकारीमाथि कास्की जिल्ला अदालतले मिति २०८० कार्तिक १७ गतेको फैसलाले दुई वर्ष ६ महिना कैद सजाय र १ लाख ६ हजार जरिवाना र पीडित राहत कोषमा ४ हजार २ सय ४० रुपैया दाखिला गर्ने फैसला गरेको थियो ।

पक्राउ परेका अधिकारीले २ वर्ष १ महिना २५ दिनको कैद सजाय, जरिवाना र पीडित राहत कोषको समेत गरी १ लाख १० हजार २ सय ४० रुपैया जरिवाना भुक्तान गर्न बांकी रही हाल सम्म फरार रहेका थिए । फरार रहेका अधिकारीलाई प्रहरीले हालै पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको कास्की प्रहरीले जनाएको छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार १७:४७ प्रकाशित