वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समितिका अध्यक्षमा देबकोटा

केन्द्रभाग मिडिया

 

पोखरा ।
वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समिति अध्यक्षमा बद्रीप्रसाद देबकोटा चयन भएका छन् । पोखरा १३ आर्वामा रहेको वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समितिको आईतवार सम्पन छैटौं
अधिवेशनले देबकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजन सिग्देल, सचिवमा नमुना बराल तथा कोषाध्यक्षमा मधु बराल चयन भएका छन् ।
समितिका सदस्यहरुमा भोजराज बराल, कृष्ण प्रसाद बराल, गोकर्ण बराल पदेन सदस्यहरुमा श्री मोहरपानी आदर्श टोल विकाश संस्था, लक्ष्मी नारायण टोल बिकाश संस्था, अर्धनारेश्वर टोल विकाश संस्था र छापाको चौतारा टोल बिकाश संस्था छानिएका छन् ।

अधिवेशनको उद्‌घाटन गर्दै पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष किरण बरालले वडा नं १३ का वासिन्दालाई खानेपानी जस्तो संवेदनशील विषयमा वडाकार्यालय बाट सबैखालको सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले तत्काल वडा कार्यालयले यस खानेपानी समिती लाई मर्मत सम्हार का लागी वडा बाट २ देखी ३ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने बचन दिए ।

समितिका अध्यक्ष नर बहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष एवं स्थानीय उपभोक्ता श्रीनाथ बराल, पत्रकार श्रीराम सिग्देल, समाजसेवी कृष्ण प्रसाद बराल, सान्तेडाडा सहेले वन उपभोक्ता समितीका अध्यक्ष कृष्ण प्रसाद बराल, अमरज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक बिमल बहादुर बराल, सस्थाका सल्लाहकार ऋषीराम सिग्देल, समाजसेवी बसन्त शर्मा अधिकारी, शुकदेब बयल, हिमा परियार, रतनपाण्डे खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर बराल, जग्गादाता यम कुमारी बराल र जेष्ठ नागरिक कल्याण कारी संस्था आर्वाका अध्यक्ष बलराम सिन्देल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

झण्डै तीन सय उपभोक्ता आवद्ध यस समिति अन्तर्गत ४ वटा टोल विकाश संस्था पर्दछन् । समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष मधु बरालको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव सावित्री सिग्देलले गरेकी थिइन् ।

  • २७ फाल्गुन २०८०, आईतवार २०:३७ प्रकाशित