लोकतान्त्रिक आदिवासी जनजाति महासंघ फेदिखोला अध्यक्षमा टकबहादुर

केन्द्रभाग मिडिया

पोखरा । नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, स्याङ्जा फेदिखोला गाँउपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा टक बहादुर गुरुङ (आचम) निर्वाचित भएका छन । फेदिखोलामा शुक्रवार सम्पन्न अधिवेशनले महासंघको उपाध्यक्षमा सुमन गुरुङ, सचिवमा रामकाजी गुरुङ, उपसचिवमा गौतम गुरुङ र राजकुमार जिटी, कोषाध्यक्षमा मिना गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसरी नै सदस्यहरुमा अर्जुन गुरुङ, सुवास गुरुङ, बुद्धिमाया गुरुङ, तारा भुजेल, कृष्णमान श्रेष्ठ, उत्तम गुरुङ, बमबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ र सन्तोषी गुरुङ चयन हुनुभएको छ ।

नवनिर्वाचित कमिटिलाई अध्यक्ष मण्डलका अध्यक्ष लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका उपाध्यक्ष चिनमाया गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। अध्यक्ष मण्डलमा महासंघको प्रदेश सचिवालय सदस्य अविलास गुरुङ र स्याङजा जिल्ला सचिव लक्ष्मी थापामगर रहनुभएको थियो । नवनिर्वाचित अध्यक्ष टकबहादुर गुरुङले फेदिखोला गाँउपालिकामा बसोवास गर्ने आदिवासी जनजाति समुदायलाई महासंघको झण्डा मुनि गोलबन्द गर्न सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय सचिव एवम गण्डकी प्रदेश इञ्चार्ज, नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुमबहादुर गुरुङले आदिवासी जनजातिहरुले राजनीति र राजनीतिक शक्ति नबुझाले पछाडि पारिएकाले राजनीतिक चेत, जागरण, अधिकारप्रति सजग हुनुपर्ने बताउनुभयो । राजनीति नै सम्पुर्ण नीतिहरुको केन्द्र भएकाले आदिवासी जनजातिहरु क्षमता अभिवृद्धि गर्दै नेतृत्व सम्हाल्न अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संगठनात्मक शक्तिमा संगठित, प्रशिक्षित हुदे विचार अनुसारको व्यवहार, असल आचारणका साथ उदाहरणीय बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य देवी थापा, जिल्ला सचिवालय सदस्य एवम फेदिखोला इञ्चार्ज पुष्पराज बराल, महासंघ गण्डकी प्रदेश उपाध्यक्ष चिनमाया थापा, महासंघ प्रदेश सचिवालय सदस्य तथा फेदिखोला वडा नं.२ का वडाध्यक्ष अविलास गुरुङ, महासंघ स्याङजा जिल्ला अध्यक्ष तथा फेदिखोला गाँउपालिका उपाध्यक्ष देउकुमारी गुरुङ, महासंघ जिल्ला सचिव लक्ष्मी थापामगर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ स्याङजाको तर्फबाट नेकपा एमालेको गण्डकी प्रदेश सदस्यमा फेदिखोलाबाट निर्वाचित देवी थापालाई बधाई ज्ञापन गरिएको थियो ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ स्याङजा खेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा टकबहादुर गुरुङले स्वागत र भिमकुमारी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

  • २७ फाल्गुन २०८०, आईतवार १९:३१ प्रकाशित