जसपाका मन्त्रीले लिए सपथ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।

यसैगरी जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

  • २७ फाल्गुन २०८०, आईतवार १६:४२ प्रकाशित