राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता भोलि

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुने भएको छ । आइतबार बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरु (सर्वदलीय) बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो ।

संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ ।

  • २७ फाल्गुन २०८०, आईतवार १५:४० प्रकाशित