त्रिकोणात्मक टी–२० सिरिज

वर्षाका कारण खेल रद्द भएपछि नेपाल र हङकङले अंक बाँढे

केन्द्रभाग मिडिया

पोखरा ।

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र हङकङ बीच भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै नेपाल र हङकङले एक-एक अंक बाँढेका छन् । हङकङको टिन कोङ रिक्रियशन मैदानमा खेलको आठौं ओभर सकिँदा पर्न थालेको पानी नरोकिएपछि पहिलो खेल रद्द भएको हो ।

टस जितेर पहिले बलिङ गरेको नेपालले आठौं ओभरसम्म पुग्दा २ विकेट लिएको थियो । आज करण केसीले पहिलो बलमै विकेट लिए । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्सन झाले हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए ।

हङकङले २ विकेटको क्षतिमा ६५ रन बनाएको थियो । गुल्सनबाट आउट हुनुअघि कप्तान खानले २५ रन बनाएका थिए भने ओपनर अन्शी रथले २४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाएका थिए ।

दुई विकेटपछि बाबर हायत ब्याटिङमा आएका थिए । उनले तीन बल खेलेपछि पर्न थालेको पानी धेरै बेरसम्म नरोकिएपछि खेल रद्द भएको हो ।

नेपालले दोस्रो खेल मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

  • २७ फाल्गुन २०८०, आईतवार १४:४४ प्रकाशित