राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको कांग्रेसको प्रस्ताव अस्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ ।

आइतबार राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो ।

यसअघि नै सो निर्वाचनको समय तय भएकोले निर्धारित मिति अर्थात फागुन २९ गते नै अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

कांग्रेसले आफ्नो दलसँग सल्लाह नगरी चुनावको मिति राखिएको बताउँदै केही पछि सार्न माग गरेको थियो ।अध्यक्षका लागि भोलि उम्मेदवारी दिनुपर्ने कार्यतालिका रहेपनि राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो भने लगाइसकेका छैनन् ।

  • २७ फाल्गुन २०८०, आईतवार १४:३६ प्रकाशित