पोखरेली युवा साँस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

केन्द्रभाग मिडिया

 

पोखरा । श्री भैरव साँस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० पोखरेली युवा साँस्कृतिक परिवारलाई प्रदान गरको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद १ लाख १ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित परिवारका अध्यक्ष उपेन्द्र पौडेललाई शनिबार आयोजित कार्यक्रममा सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख आचायले पोखरेली युवा साँस्कृतिक परिवार आफैमा पोखराको ब्राण्ड बनेको बताए । परिवारले पोखराको गरिमा उचो बनाएको उनको भनाई थियोे । वाङ्मयिक क्षेत्रको राजधानी पोखरा रहेपनि अगामी ४ चैत या ५ चैत्रमा पर्यटनको राजधानी घोषणा गर्ने तयारी रहेको उनले जनकारी दिए ।

परिवारका अध्यक्ष उपेन्द्र पौडेलले फुर्किदा धेरै नबोल्नु भने झै खुशी बाँडे बढ्ने हुनाले भैरव समितिले पोयुसाँपलाई भरोसा गरेकोमा आभार व्यक्त गरे । उनले ४६ वर्षसम्म वाङ्मयिक संस्था चलाइरहँदा आज पोखराको मिनी एकेडेमी भएको प्रमाणित भएको बताए । विक्रमाब्द २०३४ सालमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्य अध्यक्ष र साहित्यकार सरुभक्त सचिव रहेको पोखरेली युवा साँस्कृतिक परिवार गठन भएको थियो । ‘साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’ को उद्घोषका साथ स्थापित पोयुसाँपले राजधानी बाहिर रहेर वाङ्मयिक क्षेत्रमा ४६ वर्षको योगदान दिएको छ ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले २०५५ सालमा स्थापित क्षेत्रीयस्तरको पुरस्कारबाट कृष्णबहादुर श्रेष्ठ, प्रज्ञारत्न बज्रांचार्य, चेतन कार्की सम्मानित भएको जनाए । २०६३ बाट प्रत्येक तिन वर्षमा प्रदान गर्दै आएको यो पुरस्कारबाट यस अघि फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, जगमान गुरुङ सम्मानित भइसकेका छन् ।

पोखरेली युवा साँस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार फागुन २६ पोखरा । श्री भैरव साँस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० पोखरेली युवा साँस्कृतिक परिवारलाई प्रदान गरको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद १ लाख १ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित परिवारका अध्यक्ष उपेन्द्र पौडेललाई शनिबार आयोजित कार्यक्रममा सम्मान गरेका थिए ।

प्रमुख आमन्त्रित मेयर धनराज आचायले पोखरेली युवा साँस्कृतिक परिवार आफैमा पोखराको ब्राण्ड हो, परिवारले पोखराको गरिमा उचो बनाएको उनको धारणा थियो । वाङ्मयिक क्षेत्रको राजधानी पोखरा त थिदै थियो आगमी चैत्र ४ गते पर्यटनको राजधानी घोषणा गर्ने तयार छौँ भनेँ । मेयर आचार्यले महेन्द्रपुलमा रहेको सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी पृथ्वीचोकको ‘पोखरा घर’मा रहने जानकारी दिए । १० करोड लागतमा १८ महिनाभित्र पोखरा घर निर्माण हुने र त्यसको फागुन २७ गते आइतबार शिलान्यास गर्ने जानकारी दिए ।

परिवारका अध्यक्ष उपेन्द्र पौडेलले फुर्किदा धेरै नबोल्नु भने झै खुशी बाँडे बढ्ने हुनाले भैरव समितिले पोयुसाँपलाई भरोसा गरेकोमा आभार व्यक्त गरे । उनले ४६ वर्षसम्म वाङ्मयिक संस्था चलाइरहँदा आज पोखराको मिनी एकेडेमी भएको प्रमाणित भएको बताए । विक्रमाब्द २०३४ सालमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्य अध्यक्ष र साहित्यकार सरुभक्त सचिव रहेको पोखरेली युवा साँस्कृतिक परिवार गठन भएको थियो । ‘साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’ को उद्घोषका साथ स्थापित पोयुसाँपले राजधानी बाहिर रहेर वाङ्मयिक क्षेत्रमा ४६ वर्षको योगदान दिएको छ ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले २०५५ सालमा स्थापित क्षेत्रीयस्तरको पुरस्कारबाट कृष्णबहादुर श्रेष्ठ, प्रज्ञारत्न बज्रांचार्य, चेतन कार्की सम्मानित भएको जनाए । २०६३ बाट प्रत्येक तिन वर्षमा प्रदान गर्दै आएको यो पुरस्कारबाट यस अघि फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, जगमान गुरुङ सम्मानित भइसकेका छन् ।

  • २७ फाल्गुन २०८०, आईतवार ०७:३५ प्रकाशित