राति गण्डकीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल हाल देशभर साधारणतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम बर्षाको साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का बर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

  • २० फाल्गुन २०८०, आईतवार २१:०१ प्रकाशित