पोखराको एक वर्कसपमा जुवा खेल्दैगरेका ६ जना नगदसहित पक्राउ

केन्द्रभाग मिडिया

 

पोखरा ।

पोखराको एक मोटरसाइकल ग्यारेज (वर्कसप) मा जुवा खेलिरहेका ६ जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा–८ सभागृहचोक स्थित मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएकोले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरको साथबाट एक लाख ३९ हजार ४५० रुपैयाँसहित पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएका हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार पक्राउ पर्नेमा बारा घर भई हाल पोखरा ८ न्यूरोड बस्ने ४१ वर्षीय रमेश शाह, भारतको बिहार घर भई हाल पोखरा ९ नयाँबजार बस्ने ३५ वर्षीय उपेन्द्र चौधरी, भारतको बिहार घर भई हाल पोखरा ६ जरेबर बस्ने २५ वर्षीय मुकेश शाह, भारतको बिहार घर भई हाल पोखरा ८ न्यूरोड बस्ने ३४ वर्षीय राकेश शर्मा, सप्तरी घर भई हाल पोखरा २ बगर बस्ने २६ वर्षीय सुजित चौधरी, मोरङ घर भई हाल पोखरा १४ चाउथे बस्ने ४३ वर्षीय गोपाल बस्नेत रहेका रहेका छन् ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दिन ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्ता विकले जानकारी दिए ।

  • २० फाल्गुन २०८०, आईतवार २०:१६ प्रकाशित