कांग्रेस महासमिति बैठकको निर्णयबाट कोही झस्किन जरूरी छैन : नेता केसी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको महासमिति बैठकको निर्णयबाट कोही झस्कनु पर्ने र कोही उत्साहित हुन नपर्ने  बताएका छन् । शुक्रबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता केसीले कांग्रेस महासमिति बैठकले गरेको निर्णायले गठबन्धनमा केही असर नपर्ने समेत दाबी गरे । उनले कांग्रेसले गर्ने निर्णायका बारेमा अरू कुनै दलले प्रभाव पार्न समेत नसक्ने धारणा राखे । “आफ्नो निर्णय कांग्रेस आफैले गर्छ । यसमा यो दल र त्यो दलले के भन्छ भन्ने विषय होइन,” उनले भने ।

माओवादी सशस्त्र द्वन्द्वलाई हेर्ने दृष्टिकोण मओवादीकै जस्तो कांग्रेसको नहुने उनले प्रष्ट पारे । यश विषयमा माओवादीले समेत यसरी हेर भनेर भन्न नमिल्ने उनको भनाई छ । सशस्त्र द्वन्द्वको महत्त्व आफ्नो ठाउँमा रहेको बताएका उनले संविधानमा कतै सशस्त्र द्वन्द्वलाई जनयुद्ध नभनेको उनले स्मरण गराए ।

नेता केसीले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा लैजादा राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादी सहमत भइसकेको पार्टी सभापति शेरबहादुर देउवाले ब्रिफिङ गरेको जानकारी दिए । “सभापतिजीले कृष्ण सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन राजि छ । उहाँलाई त्यहा लैजानुपर्छ भन्नुभएको हो ।” उनले भने, “उहाँहरूबीच के सहमति भएको हो । त्यो प्रत्यक्षदर्शी नभएकाले मैले थाहा पाउने विषय भएन । सभापतिजीले भन्नुभएको कुरा यही हो ।”

उनले देश अन्तर्राष्ट्रिय सम्बन्धलगायत विविधकारणले देश अप्ठ्यारो अवस्थामा रहेको बताए । “देशमा दण्डहीनताको अवस्था कायम नै छ । सुशासन कायम हुन सकेको छैन ।” उनले भने ।

नेता केसीले वर्तमान अस्थिरताको कारण समानुपातिक प्रणाली रहेको जिकिर गरे । उनले प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै समावेशी बनाउन सकिने धाारणा राखे ।

  • १८ फाल्गुन २०८०, शुक्रबार २२:४५ प्रकाशित