राष्ट्रिय सभा (दोस्रो संशोधन) नियमावली पारित

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभा (दोस्रो संशोधन) नियमावली पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले नियमावली पारित गरेको हो ।

२६ असोज २०८० मा नियमावली मस्यौदा समिति गठन भएको थियो । उक्त समितिले तयार पारेका नियमावली शुक्रबार बसेको बैठकले सर्वम्मत रुपमा पारित गरेको हो ।

पारित नियमावलीमा प्रतिनिधिसभामा जस्तै राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने, बजेटपूर्वको छलफल हुने प्रावधान थप गरिएको छ । प्रतिनिधिसभा नरहेको बेला सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने व्यवस्था समेत थप गरिएको छ ।

महिनामा दुई दिन तीनै तहका सरकारबीचको अन्तरसम्बन्ध, समस्या र समाधानका साथै संघीयता कार्यान्वयनका विषयमा राष्ट्रिय सभामा विशेष छलफल चलाउन प्रादेशिक समय छुट्याइएको छ ।

  • १८ फाल्गुन २०८०, शुक्रबार १७:०४ प्रकाशित