संघीय संसदबाठ आज दुईवटा विद्येयक पारित

केन्द्रभाग मिडिया

काठमाडौं।

शुक्रबार संघीय संसदबाट दुई वटा विधेयक पारित भएको छ ।

प्रतिनिधि सभाबाट पास भएर गएको सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

२७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक २४ माघ २०८० मा पास भएर राष्ट्रिय सभामा गएको थियो । राष्ट्रिय सभाले स्वीकार गरेसँगै यो विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको हो ।

अब राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा जान्छ । राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधि सभाबाट स्वीकार भएको खण्डमा सभामुखबाट प्रमाणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुनेछ ।

शुक्रबार प्रतिनिधि सभाले पनि राष्ट्रिय सभाबाट पास भएर गएको अनुगमन तथा मूल्यांकन विधेयक पारित भएको छ ।२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पास भएर प्रतिनिधि सभामा पुगेको थियो । प्रतिनिधि सभाले शुक्रबार पारित गरेसँगै यो विधेयक संघीय संसदको दुबै सदनबाट पारित भएको हो ।

  • १८ फाल्गुन २०८०, शुक्रबार १६:४५ प्रकाशित