पोखरा।
पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा बेपत्ता भएका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ मृत भेटिएका छन् ।
फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
तामाङको शव पोखरा १५, पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए। तामाङको खोजीको लागि हिजो दिपस्थित सेती नदीको बाँधलाई खोलिएको थियो । तामाङ सेती नदीमा सम्पर्कविहीन हुँदासँगै माछा मार्न गएका ३ जनाको सकुशल उद्धार भएको थियो भने एकजना मृत भेटिएका थिए ।
मृत भेटिनेमा पोखरा १ कस्केरीका ४० वर्षीय मंगा तामाङ छन् ।