मिटर ब्याज पीडितहरूको आन्दोलन र वार्ता रोकियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले भृकुटीमण्डपमा बस्दै आएका मिटर ब्याज पीडितहरूलाई हटाउन खोजेपछि वासस्थानको अन्योलमा परेका छन् । समाज कल्याण परिषद्ले कार्यक्रमको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूलाई ठाउँ खाली गर्न भनेको थियो । जसले गर्दा उनीहरूलाई वासस्थानको समस्या परेको हो ।

भृकुटीमण्डप खाली गर्न भनेपछि आजका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् । गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आज बिहान वार्ताका लागि बोलाएको थियो । तर, बस्ने ठाउँको ठेगाना नभएपछि त्यसकै व्यवस्थापनमा व्यस्त भइरहेको मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका प्रवक्ता निर्गराज जैशीले बताए ।

आजका लागि तय गरिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ । सरकारसँगको वार्तासँगै आन्दोलनका कार्यक्रम समेत रोकिएको बताए । आज बिहान प्रशासनले भृकुटीमण्डप खाली गर्न भनेको थियो । बसेको ठाउँ खाली गर्न भनेपछि आजका सबै कार्यक्रम स्थगित भएको उनको भनाइ छ ।

अहिले बस्ने ठाउँको विकल्पबारे छलफल भइरहेको छ ।

  • १४ फाल्गुन २०८०, सोमबार १६:५८ प्रकाशित