इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

निर्वाचन आयोगले वैशाख १६ मा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । इलाम-२ र बझाङ प्रदेश सभा-१ मा हुने चुनावको लागि फागुन १६ देखि मतदाता नामावली अद्यावधिक गरी चैत २२ सम्म अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ ।

उक्त उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नका लागि फागुन २४ देखि ३० गतेसम्म म्याद दिई सूचना प्रकाशन गर्ने आयोगद्वारा जारी विज्ञप्तिमा छ ।

२०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने उल्लेख छ । २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने र १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने उल्लेख छ ।

  • १४ फाल्गुन २०८०, सोमबार १६:३४ प्रकाशित