अर्थतन्त्रको सूचकलाई सुधार्ने गरी बजेट ल्याउने अर्थमन्त्रीको दाबी

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनीधि सभामा पेश गरेका छन् । बाह्य र आन्त्रिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी बजेट ल्याइने मन्त्री महतले बताए ।

सार्वजनिक खर्चको प्रभावकारिता बृद्धि गर्न बजेट उन्मुख हुने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र उर्जा कृषि, पर्यटन र सुचना प्रविधिका लागि आवश्यक सार्वजनिक स्रोत निर्माण गर्नेगरी आगामी बजेट ल्याइने अर्थमन्त्री महतले बताए ।

यसैगरी निजी लगानी संकुचित नहुने गरी सार्वजनिक ऋण परिचालन गर्ने प्राथमिकता बजेटमा हुने बताइएको छ । सार्वजनिक खर्चलाई प्राथमिकीकरण गरेर पुर्व तयारी भएका आयोजनालाई अगाडी बढाइने गरी बजेट ल्याइने भनिएको। छ ।

यस्तै जलविद्युतमा आन्तरिक र बाह्य लगानी प्रवद्र्धन गर्ने,जलविद्युतको निर्माण निर्धारित समयमा सम्पन्न गर्ने,विद्युत सेवोको पहुँच नपुगेको ठाउँमा सौर्य उर्जा र नवीकरणीण् यर्जा पुर्याइने, कृषि उपजमा आत्मनिर्भर हासिल गर्न कृषि उपजको भण्डारमा जोड दिने, आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउँन अनुदान दिइने ,सहुलियतपुर्ण कर्जा सिचांइ सुविधा, मलको सुनिश्चितता गरी उत्पादन बढाइने, पुर्वाधार विकास गरी नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने लगायत बजेटको प्रथमिकता हुने मन्त्री महतले बताए ।

निजगढ विमानस्थलको निर्माण कार्यका लागि आवश्यक काम गर्ने गरी तयारी गरिने पनि मन्त्री महतले बताए ।३ महिना अगावै विनियोजन बिधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्नुपर्ने व्यवस्था अनुरुप सरकारका तर्फबाट अर्थमन्त्री डा.प्रकाश शरण महतले बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेका हुन् ।

सरकारले आगामी आवको बजेट कयालेण्डर संसोधन गर्दै ३ महिना अगावै बजेटको प्राथमिकता तथा सिद्धान्त पेश गर्ने व्यवस्था गरेको हो । यसले संसदमा पर्याप्त छलफल गर्ने बाटो खुलेको छ ।

  • १४ फाल्गुन २०८०, सोमबार १५:५३ प्रकाशित