क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, ग्रेडिङमा हेरफेर

कुन खेलाडी कुन ग्रेडमा परे ?

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपाल क्रिकेट संघ ९क्यान० ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ ।

क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।

क्यानले पुरुषतर्फ ग्रेड ए का खेलाडीलाई मासिक एक लाख, ग्रेड बीका खेलाडीलाई ७० हजार, ग्रेड सीका खेलाडीलाई ५५ र ग्रेड डीका खेलाडीलाई ३५ हजार दिने निणर्य गरेको छ ।

क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्‍याएको छ । भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्‍याएको छ ।

पुरुषतर्फ

ग्रेड ए-रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल

ग्रेड बी- कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख, अभिनास वोहरा

ग्रेड सी-बिनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिस जिसी

ग्रेड डी-पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ

ईमर्जिङ क्याटागोरी-दिपेश कंडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णली) र हेमन्त धामी (सुदूर पश्चिम) ।

महिलातर्फ

ग्रेड ए- इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर

ग्रेड बी- कविता कुँवर

ग्रेड सी- पूजा महतो, अश्मिना कर्माचार्य

ग्रेड डी-अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल

ईमर्जिङ क्याटागोरी- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन ।

  • १४ फाल्गुन २०८०, सोमबार १५:२९ प्रकाशित