टेलिकमको कपर केबुलका तार चोरी गर्ने तीन जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल टेलिकमको कपर केबुलका तार चोरीको आरोपमा प्रहरीले तीन जनालाई पोखराका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । ८ फागुनमा उनीहरुलाई पोखराका विभिन्न स्थानमा रहेका टेलिकमको कपर केबुलकार तार चोरी भएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै उनीहरु विभिन्न ठाउँबाट पाक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा ५ पर्स्याङ बस्ने २९ वर्षीय रमेश सार्की, पोखरा २९ पट्नेरी २१ वर्षीय बिजय नेपाली र भारतको मोतिहारी घर भई हाल पोखरा २७ बस्ने ३३ वर्षीय फिरोज आलम रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरुको साथबाट १६ हजार ३११ रुपैयाँ पर्ने ३५ मिटर तार र १९ किलो ९५० ग्राम (पगालेर) राखेको तयारी तामाको तार बरामद भएको छ । निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको उनले जानकारी दिए ।

  • १२ फाल्गुन २०८०, शनिबार १९:३४ प्रकाशित