पोखरामा कल बाइपास गर्ने दुईजना  उपकरणसहित पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्विनी सास्कृतिक नगरपालिका ४ घरभई हाल पोखरा ११ बस्ने २७ वर्षीय ईमरान अहमद र पर्सा घर भइ हाल सखुवापर्सौनी ५ स्थायी घर भई पोखरा ११ वर्ष ३७ वर्षीया बिशाल साह रहेका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।

उनका अनुसार कलवारको साथबाट १२८ पोर्ट क्षमताको डिभाइसमा सिमकार्ड प्रयोग गरी कल वाइपास गरि रहेको अवस्थामा अवैध भिओआइपी मा प्रयोग गरिएका विभिन्न उपकरणहरू ६४ पोर्टको अबैध कलबाइपास गर्ने उपकरण गेटवे एक थान, त्यसमा जोडिको ६४ थान सिम र एउटा चार्जर, वल्र्ड लिंकको राउटर एक थान र युपिएस एक थान, एनसेलको ५९७ थान सिम लगायतका सामग्री प्रहरीले पक्राउ गरेको हो ।

  • ११ फाल्गुन २०८०, शुक्रबार १९:४७ प्रकाशित