एमाले कास्कीको ११ औं अधिवेशनका लागि जिम्मेवारी तोकियो

केन्द्रभाग मिडिया

पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी कास्की ११ औं अधिवेशन आउँदो चैत्र १० र ११ गते हुने तयभएसँगै तयारी थालिएको छ ।

अधिवेशनलाई व्यवस्थीत बनाउन आज बसेको कमिटीको सचिवालय बैठकले मुल व्यवस्थापन तथा उपसमितिहरु गठन गरि जिम्मेवारी तोकेको छ ।

जसमा कमिटीका अध्यक्ष मन बहादुर गुरुङको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यस्तै कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारीलाई स्वंयसेवक उपसमिति, सचिव बैन बहादुर अधिकारी क्षेत्रीलाई प्रतिनिधि व्यवस्थापन र सांगठनिक प्रतिवेदन लेखन उपसमिति, उपसचिव दर्शन लामालाई प्रचार प्रसार उपसमिति, उपसचिव नवराज ओझा जनपरिचालन उपसमिति, हिरा गिरीलाई अतिथि सत्कार उपसमिति, चिरञ्जिवि पोखरेललाई आर्थिक खानाखाजा उपसमिति, आर पी खनाललाई मञ्च व्यवस्थापन उपसमिति, छममाया पुनलाई स्वास्थ्य उपसमिति, कृष्ण न्यौपानेलाई आवास व्यवस्थापन उपसमिति र सुरेन्द्र गुरुङलाई साँस्कृतिक उपसमितिको जिम्मेवारी दिइएको छ ।

  • २९ माघ २०८०, सोमबार १७:०८ प्रकाशित