भ्यालेन्टाइन डेको दिन पोखराका होटल तथा लजमा विशेष अफर

केन्द्रभाग मिडिया

पोखरा ।

भ्यालेन्टाइन डेको अवसरमा पोखराका होटल तथा लजले विशेष अफर सार्वजनिक गरेको छ ।

पोखरामा रहेको होटल बाराहीले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रति जोडी ७ हजार रुपैयाँमै व्यवस्था गर्नेछ । जसमा ६ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुनेछ ।

यस्तै सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेको दिन रोमान्टिक डिनरु मा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो ।

पोखराकै होटल आवास पोखराले भ्यालेन्टाइन स्पेसल अफर सार्वजनिक गरेको छ । जसमा डिलक्स रुम, रिमभित्रै ब्रेकफास्ट, क्यान्डल लाइट डिनर लगायतका आकर्षक विशेषता समावेश छन् । प्रति जोडीका लागि ८ हजार रुपैयाँ शुल्क कायम गरिएको यो प्याकेज भ्यालेन्टाइन सप्ताहभरका लागि मान्य गरिएको होटलले जनाएको छ ।

  • २९ माघ २०८०, सोमबार १६:४४ प्रकाशित