पार्टीलाई १० प्रतिशत पनि समय नदिनेलाई कारबाही गर्ने प्रचण्डको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रचण्डले १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गरेका हुन् । उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिए । रिपोर्टका आधारभा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अधि बढिने बताए ।

यस्तै प्रचण्डले अभियानका क्रममा धेरै खटिने नेताहरुलाई विशेष सम्मान गरिने पनि बताए ।

  • २९ माघ २०८०, सोमबार १४:०५ प्रकाशित