आगामी वर्ष बजेटको सिलिङ बढ्छ : प्रम प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षको बजेट सिलिङ बढ्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘बजेटको सिलिङ घट्ने होइन, यसबर्ष अझ बढ्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले जतिसुकै आर्थिक चुनौति र जटिलता भएपनि बजेटको सिलिङ बढ्ने बताएका हुन् । ‘मैले आजै राष्ट्रिय योजना आयोगसँग छलफल पनि गरेको छु । छलफलका क्रममा पनि बजेट सिलिङ घट्ने होइन बढ्ने नै देखिएको छ ।’

  • २९ माघ २०८०, सोमबार १३:३९ प्रकाशित