पोखरा, चितवन र काठमाडौं पछि भैरहवामा पनि खुल्यो होटल ल्याण्डमार्क

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालकै पर्यटन क्षेत्रको एक अग्रणी संस्था सम्राट ग्रुप अफ कम्पनीले भैरहवामा नयाँ होटल ल्याण्डमार्क सञ्चालनमा ल्याएको छ । यस अगाडि पोखरा, चितवन र काठमाडौंमा होटल सञ्चालन गरेर उत्कृष्ठ सेवा दिइरहेको कम्पनीले रुपन्देही सिद्धार्थ नगरपालिका वडा नम्बर ३ को सिंगापुर कोलनीमा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा ल्याएको हो । आइतबारदेखि होटल सञ्चालनमा ल्याइएको सम्राट ग्रुप अफ कम्पनीका निर्देशक ओम पाण्डेले जानकारी दिए ।

५० वटा सुविधासम्पन्न रुम रहेको होटलमा सेवा सुरु गरेकै दिन फुल अकुपेन्सी भएको उनले बताए । होटलमा स्वीमिङ पुलदेखि रुफटप बारसम्मका सेवा छन् । फराकिला रुम र कतिपय रुमबाट रिभरभ्यू समेत देखिनुका साथै सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएकाले पाहुनाको रोजाइमा पर्ने निर्देशक पाण्डेले बताए ।  १० कट्ठा क्षेत्रफलमा फैलिएको उक्त होटललाई निकट भविस्यमा थप १५ कट्ठामा विस्तार  गरिनेछ । थप विस्तार भएको क्षेत्रमा दुइवटा सुविधासम्पन्न बेनक्वीट बनाइने निर्देशक पाण्डेले बताए ।

उनका अनुसार होटल पुग्ने पाहुनाका लागि भैरहवा विमान स्थलसम्मको आउने र जाने यातायातको सुविधा होटलले दिएको छ ।  त्यसैगरी बेलहिया नाकाबाट समेत होटलले यातायात सुविधा उपलब्ध गराउने उनले जानकारी दिए ।
जर्मन प्रविधिबाट होटलको निर्माण भएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले जानकारी दिए । यस्तो शैलीमा निर्माण भएको तारे होटल नेपालमै पहिलो रहेको उनको दाबी छ ।

चितवनमा रहेको ल्याण्डमार्क फरेस्ट मार्क सौराहको उत्कृष्ट होटल मानिन्छ । पोखरामा पनि ल्याडमार्कले उत्कृष्ट सेवा दिइरहेको छ । भैरहवामा पनि पोखरा, चितवन र काठमाडौंमा जस्तै पाहुनाको मन जित्न होटल सफल हुने निर्देशक ओम पाण्डेको दाबी छ ।

  • २८ माघ २०८०, आईतवार १७:४३ प्रकाशित