अझै सञ्चालनमा आउन सकेन त्रिविको वेबसाइट, ह्याकिङ घटनामा छानबिन हुँदै

केन्द्रभाग मिडिया

पाेखरा । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट (www.tuexam.edu.np) अझै सञ्चालनमा आउन सकेको छैन । केही दिन अघि कार्यालयको वेबसाइट ह्याक भएको थियो ।

ह्याकलाई पूर्णरुपमा रिकभर हुने कार्य भैरहेको कार्यालयले जनाएको छ । हाल उक्त वेबसाइटमा एउटा मात्र सूचना देखिएको छ ।

वेबसाइट ह्याक घटनाबारे छानबिन गर्न त्रिविले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का डीन प्राडा शशिधरराम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन समेत गरिसकेको छ ।

समितिले घटनाको प्रतिवेदन बुझाउन अव ७ दिन मात्र बाँकी छ ।

  • २८ माघ २०८०, आईतवार १४:३० प्रकाशित