भारतमा पट्का कारखानामा भीषण आगलागी, कम्तीमा २५ जना घाइते

केन्द्रभाग मिडिया

symbolic picture

मध्य प्रदेश ।

भारतको मध्य प्रदेशको हरदा जिल्लामा एउटा पट्का कारखानामा ठुलो विस्फोट भएको छ । एक पछि अर्को गर्दै विस्फोट हुन थालेपछि त्यहाँ भीषण आगलागी भएको हो ।

यस घटनामा कारखानाभित्रका कयौँ कामदार कारखानाभित्रै थुनिएको आशङ्का गरिएको छ । आगोको लप्कामा परेका २५ जनालाई तत्कालै अस्पताल लगिएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार हरदा बैरागढस्थित पट्का कारखानामा विस्फोट भएको हो । कारखानाभित्र फसेका मानिसहरूको उद्धारका लागि एसडीआरएफ टोली घटनास्थलमा पुगेका छन् । दमकलले आगो निभाउने कोसिस गरिरहेको छ ।

आगोमा परेकाहरूलाई अस्पताल पुर्‍याउन पनि एम्बुलेन्सहरू घटनास्थल बाहिर नै छन् । तर एक पछि अर्को गर्दै विस्फोट भइरहँदा आगो पूर्ण रूपमा निभाउन नसकिएको बताइएको छ । कारखानाभित्र कति मानिस छन् भन्ने स्पष्ट जानकारी आइसकेको छैन ।

  • २३ माघ २०८०, मंगलवार १४:०५ प्रकाशित