पोखरा र ललितपुरको सँस्कृति आदानप्रदान गरि मनाइयो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा र ललितपुरको सांस्कृति आदानप्रदानसहित २१ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवश मनाइएको छ ।

पोखराको रातोपैह्रा स्थित संग्राहालयमा आयोजित कार्यक्रमको पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले हिमाली क्षेत्रको रहनसहन, संस्कृति र परम्परा झल्काउन र जिवन्त राख्न म्युजियम महत्वपूर्ण रहेको बताए । उनले पोखरामा धेरैचिज भएपनि उचित प्रचारप्रसार गर्न नसकिएको स्वीकार गरे ।

निजी क्षेत्रको लगानीमा निर्मित भएपनि संग्रहालय सबैको साझा सम्पत्ति रहेको बताए । उनले यसको विकास र सुधार गर्ने पाटोमा सरकारसंगै रहनुपर्ने बताए । उनले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणको तयारी भइरहेको जानकारी दिए ।

ललितपुर महानरका प्रमुख चिरीबाबु महर्जनले पोखरालाई पर्यटकीय राजधानी छिट्टै घोषणा गर्ने तयारी भएको भन्दै पोखरावासीलाई अग्रिम बधाई दिए । उनले पोखराको अन्तर्राष्ट्रिय माउन्टेन म्युजियम घुम्ने अबसर मिलेको बताए ।

पर्यटकीय राजधानी घोषणासँगै यहाँको विकास निर्माण त्यहीँ ढंगले हुने अपेक्षा प्रकट गरे । सांस्कृतिक सहर ललितपुरमा संपदा संरक्षण र पुन: निर्माणको काम अधिकांश सम्पन्न भएको जानकारी दिए । उनले संपदाको संरक्षण आजमात्र नभई भोलिको लागि समेत रहेको धारणा राखे । उनले पोखराको अन्तर्राष्ट्रिय संग्राहालयको विषयमा ललितपुरमा पनि प्रचारप्रसार गर्ने प्रतिवद्धता जनाए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिपक काफ्लेले मन्त्रालय निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए । उनले पोखरा उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकाले प्याकेजमा पर्यटकीय गतिविधि गर्नुपर्ने धारणा राखे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पर्वातारोहणको इतिहासको सम्मान र स्मरणका लागि पर्वतीय संग्राहालय निकै उपयोगी रहेको बताए । उनले पर्वतीय पर्यटन, संस्कृति, यस क्षेत्रको जनजिवनलाई माथी उठाउन पर्वतीय गतिविधि निकै उपयोगी रहेको धारणा राखे ।

पोखरा १७ कि वडाध्यक्ष राधिका शाहीले म्युजियमले पर्यटकको बसाइँ अबधि लम्ब्याउन सहयोगी गरेको बताइन् । उनले यस वरपरको पनि पुर्वाधार निर्माणमा जोड दिन आग्रह गरिन ।

प्रदेश संग्राहालय पोखराका प्रमुख करुणा राईले राज्यले संग्रालय अनुत्पादक क्षेत्रको रूपमा लिँदा समस्या भएको बताइन् ।

कार्यक्रममा रातो मच्छिन्द्रनाथको फोटो प्रदर्शनी, हनुमानढोका संग्रहालयको ऐतिहासिक फोटो प्रदर्शनी, अन्नपूर्ण ४ को प्रथम आरोहणसँग सम्बन्धित फोटो प्रदर्शनी गरिएको छ । उक्त प्रदर्शनी एक हप्तासम्म चल्नेछ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरू शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव मोहन लम्साल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र संग्राहालयका प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपाने लगायतले बोलेका थिए ।

  • २२ माघ २०८०, सोमबार १४:२२ प्रकाशित