गृहमन्त्रीसामु पोखरा पर्यटन परिषदको ११ बुँदे माग

लेकसाईडलाई २४ सै घण्टा खुल्ला रहने गरी सुरक्षा व्यवस्था गरिदिन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा पर्यटन परिषदले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष ११ बुँदेमागसहितको ज्ञापनपत्र बुझाएको छ । मुलुकको अर्थतन्त्र शिथिल बनेको र सर्वसाधारण तथा व्यवसायीहरु त्यसको प्रत्यक्ष मारमा परेको भन्दै परिषद्ले ज्ञापनपत्र बुझाएको हो । परिषदले लेकसाईडलाई २४ सै घण्टा खुल्ला रहने गरी सुरक्षाको व्यवस्था गरिदिन गृहमन्त्रीलाई आग्रह गरेको छ ।

यस्तै पर्यटकहरुका नाममा हुर्ने अपराधहरुमा शुक्ष्म निगरानी गर्न, पर्यटकीय क्रियाकलापहरु मर्यादित र दिने सेवा सुविधालाई पर्यटन मैत्री बनाउन निर्देशन गरी सो अनुसारको संयन्त्र परिचालन गरिदिन,नेपालमा प्रवेश गरेका पर्यटकहरु कुनै पनि प्रकारको अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु माग गरिएको छ ।

पर्यटक प्रहरीलाई दक्ष र मर्यादित पर्यटक मैत्री वनाईदिन , जाँच पास, राजमार्ग सुरक्षा सहित पर्यटकका लगेजहरु राखी सडकमा गुड्ने यातायातमा पर्यटकलाई दिने सास्तीलाई निरुत्साहित हुनेगरी कानुन कार्यान्वयन गरिदिन, पोखरा अर्न्तराष्ट्रिय बिमानस्थलबाट अर्न्तराष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाटै सुरु गर्दै अन्य एयरलाइन्सहरुलाई पनि सुविधा सहित आकर्षण प्याकेज दिई प्रोत्साहन गर्न परिषद्ले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै हाल रिक्त हुन लागेका कार्यकारी बोर्ड सदस्यमा संस्थागत गर्न, नेपालमा स्थल मार्गबाट प्रवेश गर्ने विदेशी, तेस्रो मुलुकका पर्यटकहरुलाई आगमन सहज बनाउन इमिग्रेसन अफिसहरु नयाँ थप गर्न र भएकाहरुलाई अझ व्यवसायिक बनाउन,नेपाल प्रवेश गर्ने विदेशी गाडीहरुलाई प्रविधि मैत्री बनाई पेमेन्ट र प्रमिट सहज गरिदिन साथै गण्डकी प्रदेशमा भएका सम्पदाहरुलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल गर्न पनि माग राखिएको छ ।

  • २१ माघ २०८०, आईतवार १७:०३ प्रकाशित