म्याग्दे गाँउपालिकाद्धारा निशुल्क मिर्गौला परिक्षण स्वास्थ्य शिविर

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँको म्याग्दे गाँउपालिकाले निशुल्क मिर्र्गौला परिक्षण स्वास्थ्य शिविर शुरु गरेको छ ।‘स्वास्थ्य मिगौला,समृद्ध म्याग्दे गाँउपालिका’ भन्ने मुल नाराका साथ गाउँपालिकाले शिविर सुरु गरेको हो । मिर्गौला वचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गौैला केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सुर्य नेपाल प्रा।लि।को आर्थिक सहयोगमा शुरु गरिएको स्वास्थ्य शिविरको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुभारम्भ गरेका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै गाँउपालिकाका अध्यक्ष श्रेष्ठले पालिका भित्रका जनतालाई स्वास्थ्य वनाउनका लागी कसरी अभिभावकीय वन्न सकिन्छ भन्ने सोचका साथ पालिकाले निशुल्क रुपमा मिर्गौला परिक्षणको कार्यक्रम ल्याइएको वताए ।

सामान्य खानपिन र स्वास्थ्यमा ध्यान नदिदाँ मिर्गौला रोगले ग्रसित बनिरहदाँ, दैनिक रुपमा मिर्गौला पिडितहरु दैनिक जसो सहयोगका लागी पालिका धाईरहदाँ जनताको दुखमा साथ दिने अभियानमा पालिका जोडिएको हो । पालिकाभित्रका सातै वडा वडामा निशुल्क मिर्गौला परिक्षणको कार्यक्रम रहेको हुदाँ सवैलाई मिर्गोला परिक्षणमा जोडिन पनि आग्रह गरे ।

यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरले हेर्दा आम जनतालाई समान्य लागेता पनि यो जनताप्रतिको जवाफदेहिता रहेको वताए । रोग लागिसकेपछि उपचार गर्न पर्ने वाध्यता अगावै सचेत हुनका लागी यो शिविरले महत्वपुर्ण भुमिका खेल्ने बताए। आधारभुत स्वास्थ्य आम जनताको पहिलो प्राथमिकता रहेको हुदाँ रोग लाग्नु पुर्व नै ध्यान दिनुपर्ने घिमिरे वताए ।

कार्यक्रममा सुर्य नेपालका मानव संशाधन विभागका प्रमुख अन्जन दवाडीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत रहेर सकेको सहयोग गरेको वताए । स्थानीय जनताको आम स्वास्थ्य सेवा जोडिएको विषयमा सहयोग गर्ने कम्पनिको लक्ष्य रहेको हुदाँ भोलिका दिनमा पनि जनचासोको विषयमा सकेको सहयोग गर्ने वताए ।

यसैगरि पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिका आम जनताको स्वास्थ्य सँग अत्यन्तै सम्वेदनशील भएको हुदाँ यसअघि पनि आम जनताको स्वास्थ्य सँग जोडिएर विभिन्न शिविर गरिसकेको र अव आउने फागुनको पहिलो हप्ता पाठेघरको क्यान्सर परिक्षणको शिविर समेत गरिने वताए । यसैगरि फागुणको १६ देखि चैत्तको ७ गतेसम्म एकीकृत घुम्ति शिविर पनि गरिने अधिकारीले वताए ।

माघ १६ गते देखि २३ गते सम्म संचालन हुने निशुल्क मिर्गौला परिक्षण स्वास्थ्य शिविरमा सहभागी रहेर स्वास्थ्य परिक्षण गराउन समेत पालिकाले अपिल समेत गरेको छ ।

  • १६ माघ २०८०, मंगलवार १५:१३ प्रकाशित