काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा रहेका नेपालीको खोजी भइरहेको बताएका छन् । करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताउँदै उनीहरुको खोजी भइरहेको प्रम दाहालले बताएका हुन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी भइरहेको बताएका हुन् ।
‘रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २०० भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ’ उनले भने ।
रूस–युक्रेन युद्ध र इजरायल हमास युद्धका कारण नेपालले नयाँ परिस्थिति ब्यहोर्नुपरेको उनको भनाइ छ ।