पोखरामा न्यानो साँझ सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा न्यानो साँझ सम्पन्न भएको छ ।

पोखरा ५ मा अवस्थित सारेगम कला केन्द्रको आयोजना, सुर्योदय कला केन्द्रको सह –आयोजना तथा स्पेस डान्स स्टुडियो एण्ड फिट्नेस सेन्टरको व्यवस्थापनमा न्यानो साँझ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा असहाय व्यक्तिहरुका लागि कपडा वितरण गरिएको थियो । भने वडा नम्बर ५ को विशेष सहयोगमा राष्ट्रिय कलाकार राजु परियारले आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस्तै जय कुमार, तुल्सा जिसि, दिपक थापा, रोहन नेपाली, सुशील नेपाली तथा सुर्योदय कला केन्द्रको साँस्कृतिक प्रस्तुति रहेको थियो । साथै मालेपाटन ताय मचा नाच समितीले लाखे नृत्य प्रदर्शन गरेको थियो ।

  • २५ मंसिर २०८०, सोमबार १५:४७ प्रकाशित