अमेरिकी भिटोबाट अरब राष्ट्र आक्रोशित

केन्द्रभाग मिडिया

काठमाडौं ।

गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् ।

सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेपछि अरब राष्ट्रहरू आक्रोशित बनेका हुन् ।

साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अलले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा अमेरिका आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘एउटा यस्तो पक्ष छ जसले युद्धविरामलाई फोहोरी शब्द मान्छ, मलाई थाहा छैन किन यस्तो हुन्छ ।’

  • २४ मंसिर २०८०, आईतवार ०९:४२ प्रकाशित