चितवनमा गाडीको ठक्करबाट २ जनाको ज्यान गयो, एक जना घाइते

केन्द्रभाग मिडिया

चितवन ।

चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरो गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माविका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको ज्यान गएको हो । सोही विद्यालयका अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् ।

मृतक लेखापाल अधिकारी चितवनको माडी नगरपालिका–१ निवासी र शिक्षक खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन् । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको भरतपुरमा उपचारको क्रममा शनिबार बिहान र खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए ।

  • २४ मंसिर २०८०, आईतवार ०९:१५ प्रकाशित