गाजामा पुनः बमबारी, १ सय ७८ प्यालेस्टिनी मारिएको दाबी

केन्द्रभाग मिडिया

 

एजन्सी ।
इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । सात दिनको युद्धविरामपछि फेरि युद्ध सुरु भएको हो । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।

यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको ज्यान गुमाएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ मा आक्रमण गरेको बताएको छ ।

युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई बताए अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको छैन। तर, अमेरिकाले अझै पनि दुईबिचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ ।

  • १६ मंसिर २०८०, शनिबार ०८:३२ प्रकाशित