स्थानीयको विरोधसंगै बेगनासमा मोटरबोट सञ्चालनमा महानगरको रोक

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले बेगनासतालमा मोटरबोट सञ्चालनमा रोक लगाएको छ । महानगरले मोटरबोट सञ्चालनको अनुमति नलिइएको, मोटरबोटले डुंगा व्यवसायलाई असर गरेको, जलचर प्राणीलाई समस्यामा पार्नुका साथै स्थानीयले विरोध गरेका लगायतका कारण देखाउँदै मोटरबोट सञ्चालन नगर्न भनेको हो ।

महानगरका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले बुधबार बेगनासताल डुंगा व्यवसायी समितिका नाममा पत्र काट्दै मोटरबोट सञ्चालन कार्य शीघ्र बन्द गर्न निर्देशन दिएका छन् । अन्यथा प्रचलित कानुन बमोजिम हुने समेत महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगर ३१ नम्बर वडा कार्यालयलाई बन्द भए नभएको अनुगमन गरी जानकारी गराउन समेत महानगरले निर्देशन दिएको छ ।

बेगनासमा मोटरबोट सञ्चालन रोक्न स्थानीय जलारीको माग

यस अगाडि बेगनास तालमा सञ्चालित मोटरबोट रोक्न माग गर्दै गत आइतबार स्थानीय जलारी समुदायले पोखरा महानगरका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र दिएका थिए ।

स्थानीय ५४ जलारी घर परिवारका २५० जनाले माछा मारेरै जिविकोपार्जन गर्ने गरेको जानकारी दिँदै उनीहरुले तीव्र बेगमा चल्ने मोटरबोटका कारण पानीको छाल किनारामा आउँदा बस्न नै समस्य रहेको र तालको किनारमा पहिरो गई घरहरु नै जोखिममा परेको उल्लेख गरेका थिए ।

अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

 

 

  • १६ मंसिर २०८०, शनिबार ०७:१२ प्रकाशित