शरणार्थी प्रकरण : टोपबहादुरलाई छाड्न अस्वीकार, बालकृष्णलाई रिहा गर्नेबारे न्यायाधीशको राय बाझियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई छाड्न अदालतले अस्वीकार गरेको छ ।उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै रायमाझीलाई छाड्न अस्वीकार गरेको हो ।

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

  • १५ मंसिर २०८०, शुक्रबार १६:३१ प्रकाशित