पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकको गुनासो सुन्नको लागि ‘क्युआर कोड’ को व्यवस्था गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो वा प्रहरी काम कारवाहीको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर कोड राखेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले क्युआर कोड मार्फत अनलाईनमा गुनासो राख्न तथा सुझाव दिन सकिने व्यवस्था मिलाइएको हो । अब नागरिकले आफ्नो नाम ठेगाना गोप्य राखी गुनासो तथा सुझाव दिन सक्नेछन्।