बेपत्ता कलाकार प्रकाश ढकाल कृष्णभिरमा मृत भेटिए

केन्द्र खबर

बेपत्ता रहेका कलाकार प्रकाश ढकाल मृत फेला परेका छन्। ढकाल धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो। त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो।

ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे। उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ गएका थिए।

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।

  • ४ मंसिर २०८०, सोमबार १४:५८ प्रकाशित