रुकुम पश्चिम दुर्घटना अपडेट : घाइते एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

सुर्खेत ।

सोमवार बिहान भएको जिप दुर्घटनामा घाइते एक जनाको ज्यान गएको छ । ज्यान जानेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली रहेका छन् ।

ओलीको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको थियो । लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए ।

  • ४ मंसिर २०८०, सोमबार १४:३७ प्रकाशित