१९७४ एडी ब्याण्डको ‘मिनी टूर’ घोषणा : मंसिर २३ गते पोखरामा कन्सर्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली लोक-रक ब्याण्ड १९७४ एडीले ‘मिनी टूर’को घोषणा गरेको छ । जसअनुसार पहिलो कन्सर्ट आइतबार भारतको दार्जिलिङस्थित खर्साङमा हुने उल्लेख छ ।

मंसिर १६ गते युएईको दुबई, मंसिर १७ गते युएईको अबुधाबी, मंसिर २३ गते पोखरा, मंसिर २५ गते बिर्तामोड र मंसिर २९ गते काठमाडौंमा कन्सर्ट गर्ने ब्याण्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दार्जिलिङमा हुन लागेको पाइन ट्रि फेस्टिभलमा ब्याण्डले हेडलाइनरको रुपमा सांगीतिक प्रस्तुति दिन लागेको हो । मिनी टूरकै लागि भनेर ब्यान्ड सदस्य भोकलिस्टरगिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्टरड्रमर एड्रिन प्रधान र फ्लुटिस्ट मनोज सिंह अमेरिकादेखि आइसकेका छन् ।

नेपालमा रहेका अन्य सदस्यहरु निराकार याकथुङ्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित उनीहरु अभ्यासमा जुटेका थिए ।

  • ३ मंसिर २०८०, आईतवार १५:०६ प्रकाशित