नेपाली काँग्रेसको सहकारी विभागको प्रमुखको जिम्मेवारी देवेन्द्रराज कँडेललाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसले सहकारी विभागको प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३७ को उपधारा एकको ‘ग’ बमोजिम उनलाई मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

पूर्व गृह राज्यमन्त्रीसमेत रहेका काँग्रेस नेता कँडेल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुबबहादुर प्रधानसँग नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० क्षेत्र नम्बर दुईमा पराजित भएका थिए ।

  • १ मंसिर २०८०, शुक्रबार १६:४४ प्रकाशित