काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक मंसिर ६ र ७ गते बस्ने भएको छ ।
बैठकमा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयमा छलफल हुने पार्टीले जनाएको छ ।
यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने पार्टीका पार्टीका नेता एवम खानेपानी मन्त्री महिन्द्रराय यादवले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनको भनाई छ ।