महसुल नबुझाएपछि कास्की कारागारको लाइन काटियो

केन्द्रभाग मिडिया

पोखरा ।

विद्युत् महसुल नबुझाएपछि कास्की कारागार कार्यालयको लाइन काटिएको छ । पटक पटक ताकेता गर्दा पनि शुल्क बक्यौता नतिरेपछि लाइन काट्न बाध्य भएको पोखरा वितरण प्रमुख राजीवसिंहले जानकारी दिए । आइतबार बिहानदेखि लाइन काटिएको हो ।

कारागारले २०लाख हाराहारी बक्यौता तिर्न बाँकी रहेको छ । यसअघि गण्डकीका मन्त्रालय र मन्त्री निवास सहित १२ सरकारी कार्यालयको लाइन काटिएको थियो । उनीहरूले बक्यौता तिरेपछि पुनः जोडिएको छ ।

केन्द्रले ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काट्ने अभियान चलाएको छ । केही दिनअघि नै लाइन काट्ने तयारी थियो । तर कारागार कार्यालयले समय मागेपछि रोकिएको हो ।

अहिले केन्द्रले १ सय ७ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १२ लाख ९९ हजार भन्दा बढी शुल्क तिर्न बाँकी छ । शनिवार पनि ४७ ग्राहकले ५ लाख ३८ हजार शुल्क जरिवाना बुझाएका थिए ।

  • १९ कार्तिक २०८०, आईतवार १४:५६ प्रकाशित